अब विश्वभर उड्दैनन बाेइ‌ंग ७३७ म्याक्स

एजेन्सी– बोइंगकाे ७३७ म्याक्सले अब केही समय विश्वभर आफ्नाे उडान सेवा बन्द गर्ने भएकाे छ । 

दुर्घटनास्थल निरीक्षण गर्दा केही गडबडी भेटिएपछि कम्पनीले याे निर्णय लिएकाे हाे । आइतबार इथियाेपियाकाे राजधानी आदिस अबाबाबाट केन्याकाे नैराेबी उडान भरेकाे बाेइ‌ंग ७३७ म्याक्स विमान दुर्घटना हुँदा १५७ यात्रुकाे मृत्यु भएकाे थियाे । 

यसपछि धेरै देशले कम्पनीलाइ चेतावनी दिँदै बाेइंगकाे उडानमा प्रतिबन्ध लगाए । तर अमेरिकी अधिकारीले याे विमान सुरक्षित रहेकाे दावी गर्दै आएका छन् । 

अमेरिकी विमान निर्माता कम्पनी बाेइंगले सबै ३७१ विमानका सेवा राेक्ने बताएकाे हाे । 

फेडरल एभिएशन एडमिनिट्रेशनले घटनास्थलबाट भेटिएका केही नयाँ प्रमाण र स्याटलाइटबाट प्राप्त डेटाका आधारमा याे फैसला गरेकाे हाे । फेडरल एविएशन एडमिनिट्रेशन टिमले नेशनल ट्रांसपोर्टेशन सेफ्टी बोर्डसँग दुर्घटनास्ठलकाे अनुसन्धान गरेकाे थियाे ।






  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार १२:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया