बन्दविरुद्ध पोखरामा विवेकशील साझाकाे प्रदर्शन

पोखरा– बन्दको विरोधमा पोखरामा प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दविरुद्ध विवेकशील साझा पार्टीले पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेको हो । 

बन्दकर्ताले नेपालको झन्डा बन्दविरुद्धका विभिन्न नारासहित प्रदर्शन गरेका थिए । बन्दकर्तालाई शान्तिपूर्ण संघर्ष गर्न आग्रह गर्दै उनीहरूले सरकारलाई समेत वार्तामार्फत समस्याको निकास खोज्न आग्रह गरेका छन् ।

बन्दका कारण पोखराका सबै शिक्षण संस्था पूर्ण रुपमा बन्द भएका छन् भने बजार क्षेत्रका पसल खुलेका छैनन् । सार्वजनिक गाडी चलेका छैनन् ।

पोखरा सभागृह ट्राफिक प्रहरी बिटमा बिहीबार बिहानै सुतली बम र भण्डारढिकमा सकेट बम भेटिएको थियो । दुई ठाउँमा विस्फोटक पदार्थ भेटिएपछि पोखराका बासिन्दा त्रसित बनेका छन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै बम निष्क्रिय पारिसकेको छ ।

बाहिरी जिल्ला जाने पर्यटक बसलाई स्कर्टिङ गरेर गन्तव्यतिर पठाएको प्रहरीले जानकारी गराएको छ ।





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार १४:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया