निर्मला पन्त हत्याका ६ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश

कञ्चनपुर– निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ ।

निर्मलाकी आमा दुर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलीपसिंहका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा कञ्चनपुरकी तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये ६ जना पक्राउ परेका थिए भने एसपी विष्ट र डिएसपी अंगुर जिसी अहिले फरार छन् । 

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
 
धरौटीमा रिहा भएकामध्ये प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा पाँच र यातनामा चार लाख गरी नौ लाख धरौटी मागिएको छ ।

प्रहरी निरीक्षक जगदीश भट्टलाई चार लाख, सई हरिसिंह धामीलाई तीन लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई तीन लाख र प्रहरी जवान चाँदनी साउदलाई दुई लाख ५० हजार धरौटी माग गरिएको छ ।

१० साउनमा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट बिहान उखुबारीमा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानबिन समितिले औँल्याएको थियो । 





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार १८:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया