राप्रपाको स्वाभिमान यात्रा समापन भोलि भृकुटीमन्डपमा

काठमाडौं– राप्रपाले १५ फागुनमा ताप्लेजुङबाट सुरु गरेको मेची–महाकाली यात्राको भोलि काठमाडौंमा  समापन गर्दै छ । आज विज्ञप्ति जारी गरी राप्रपाले भोलि मध्याह्न १२ बजे भृकुटिमण्डपमा हुने समापन समारोहमा सहभागिताका लागि सार्वजनिक अपिल गरेको छ । 

विज्ञप्तिअनुसार, बिहान साढे ७ बजेबाटै लावालस्कर स्वाभिमान यात्रा ललितपुरबाट प्रारम्भ भई भक्तपुर पुग्नेछ । यात्रा भक्तपुरबाट काठमाडौं फर्केर सहरका विभिन्न स्थान हुँदै डिल्लीबजारमा हुने कलश यात्रासहित भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ ।

यात्रा सञ्चालन हुने रुट सार्वजनिक गर्दै राप्रपाले उक्त रुटमा सवारी आवागमनमा बाधा उत्पन्न हुन सक्ने भन्दै क्षमायाचनासहित वैकल्पिक रुट प्रयोग गर्न उपत्यकावासीलाई आग्रह गरेको छ । 

स्वाभिमान यात्राकाे रुट:
बिहान ७ः३० बजे जावलाखेलबाट कुमारीपाटी – लगनखेल – सातदोबाटो – ग्वार्को – कोटेश्वर – जडीबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर ब्यारेक –पुरानो ठिमि – सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती –सूर्यविनायक चोक – सल्लाघारी – नयाँठिमि – गठ्ठाघर – लोकन्थली – जडीबुटी – कोटेश्वर – तीनकुने – सिनामंगल – पुरानोबानेश्वर – मैतीदेवी – डिल्लीबजार – पुतलीसडक – बागबजार – रत्नपार्क – विद्युत् प्राधिकरण हुँदै प्रदर्शनीमार्ग, भृकुटिमण्डप (आमसभास्थल) 





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार १९:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया