मिर्गौला बचाउन खानामा घटाउनुस् यी तीन चिज

व्यस्त जीवनशैली र सही खानपान नहुनुको असर प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा परिरहेको छ । पछिल्लो समय मुटुसम्बन्धी रोग, मोटोपना र डायबिटिजका साथै मिर्गौलासम्बन्धी समस्या पनि तिव्र रुपमा बढिरहेको छ । 

आज विश्व मिर्गौला दिवस हो । यस अवसरमा जानौँ, मिर्गौला स्वस्थ राख्न आवश्यक रेनल डाइटबारे । 

के हो रेनल डाइट ?

रेनल डाइट यस्तो खाना हो, जसमा सोडियम, फस्फोरस र प्रोटिनको मात्रा केही कम हुन्छ । यस डाइटले रगतमा विकार तत्वको मात्रा कम गर्छ, जसले मिर्गौलाको भार घटाउँछ, र मिर्गौला स्वस्थ राख्न मद्दत गर्छ ।

खानामा यी तीन चिज कटौती गर्दा तपाईंको खाना रेनल डाइट बन्न सक्छ–

नुन



नुनमा प्रचुर मात्रामा सोडियम पाइन्छ । सोडियम शरीरका लागि आवश्यक तत्व हो, तर यसको बढी मात्रा मिर्गौलाका लागि सबैभन्दा ठूलो खतरा हो ।

प्रायः नेपालीको भान्सामा नुनको प्रयोग आवश्यकताभन्दा बढी नै हुन्छ । त्यसैले, मिर्गौलाको सुरक्षाका लागि खानामा नुनको मात्रा घटाउनु आवश्यक छ । यसले मिर्गौलासम्बन्धी अधिकांश रोगको जोखिम घटाउँछ । 



स्वादका लागि नुनको सट्टा भिनेगार, कागती, टिमुरजस्ता विकल्पको प्रयोग गर्न सकिन्छ । 

प्रोसेस्ड र जंक फुड

प्रशोधित र प्याकेटमा राखिएका खाद्यपदार्थ (प्रोसेस्ड र जंक फुड) मिर्गौलाका लागि हानिकारक हुन्छन् । यी खाद्यपदार्थको सेवन गर्न छोड्नु मिर्गौलासम्बन्धी स्वास्थ्यका लागि महत्वपूर्ण कदम हो । 

प्रचुर मात्रामा पोटासियम हुने खाद्यवस्तु

शरीरका लागि पोटासियम निकै महत्वपूर्ण तत्व हो । तर, यसको मात्रा आवश्यकताभन्दा माथि हुनु भने राम्रो होइन । 

जब मिर्गौला सही ढंगले काम गर्दैन, रगतमा पोटासियमको मात्रा बढ्छ । यसबाट मुटुको धड्कनमा असर पर्छ, र हृदयघातको सम्भावना बढ्छ ।

त्यसैले, प्रचुर मात्रामा पोटासियम पाइने केरा, सुन्तला, जुनार, आलु, ब्रोकाउली, बन्दा, च्याउ, काजु, बदाम, सखरखण्ड, आँपजस्ता खाद्यवस्तु ज्यादा सेवन मिर्गौलाका लागि जोखिम बन्न सक्छ । 
 

  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार २०:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया