मोहम्मद सामीविरुद्ध दर्ता भयो चार्जसिट, दाइजो उत्पीडन र यौन हिंसाको आरोप

कोलकाता– विश्वकपको तयारीमा जुटेका भारतीय क्रिकेट टिमका फास्ट बलर मोहम्मद सामी यतिखेर मुस्किलमा छन् । कोलकाता प्रहरीले आज उनीमाथि मुद्दा दर्ता गरेको छ । 

एसियन न्युज एजेन्सीका अनुसार, सामीमाथि आइपिसीको यौन उत्पीडन र दाइजो प्रताडनासम्बन्धी दुई धाराअन्तर्गत मुद्दा दर्ता गरिएको हो । भारतको फौजदारी दन्डसजायसम्बन्धी मूल कानुन आइपिसीका यी दुवै धारा गैर–जमानती हुन् । 

यो सामी मात्र नभई भारतीय क्रिकेट टिमकै लागि चुनौतीपूर्ण अवस्था हो । सामी भारतको वर्ल्डकप स्ट्राटेजीका महत्वपूर्ण हिस्सा हुन् । खेलमा उनी उपलब्ध हुने वा नहुने अन्योलले टिमको तयारीमा असर गर्न सक्छ । 

सामीकी पत्नी हसिन जहाँले उनीमाथि घरेलु हिंसा, विवाहपछिको अफेयरदेखि म्याच फिक्सिङसम्मको आरोप लगाएकी थिइन् । हसिनले यो पनि भनेकी थिइन् कि सामीको एक पाकिस्तानी महिलासँग सम्बन्ध, जो उनलाई पैसा दिन्छिन् । 

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले यी आरोपउपर जाँच गरिरहेको छ । म्याच फिक्सिङमा भने उनी निर्दोष साबित भइसकेका छन् । 
 





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार २१:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया