'राष्ट्रपति महिला हुनसक्ने, क्याम्पस प्रमुख महिला नहुने भन्ने हुन्छ ?'

काठमाडौं- पद्यकन्या बहुमुखी क्याम्पस बागबजार, काठमाडौंका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयका देशभरिका आंगिक क्याम्पसहरूमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरू बनाउन माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीरूले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग राखेका हुन् ।

त्यस्तै उनीहरूले पद्यम कन्या बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुखमा महिला प्राध्यापकलाई नियुक्त गर्न पनि माग गरेका छन् । 

पद्यकन्या बहुमुखी क्याम्पसकी गृह विज्ञान केन्द्रीय विभागकी प्रमुख प्रा.डा.मनसा थापा ठकुराठीले महिला क्याम्पसमा महिलालाई नै प्रमुखमा नियुक्ति गर्न सरकारसंग माग गरिन् । 

नेपालको संविधान-२०७२ ले दिएको अधिकारलाई कार्यान्वयन गर्दे महिलालाई दिइएको ३३ प्रतिशतको नियम किन त्रिभुवन विश्वविद्यालयलमा कार्यान्वयन हुन सकेन ? भन्दै उनले प्रश्न गरिन् ।  

स्थापनाकालदेखि नै गर्विलो इतिहाससँग बोकेको क्यापसमा अहिले आएर योग्य महिलालाई विभेद गरेर पुरूषलाईमात्र योग्य बनाउन खोजिएको उनको आरोप छ ।

उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएपनि त्रि.वि अन्तर्गतका ६१ वटा आंङ्खिक क्याम्पसहरूमा (४ वटा नर्सिङ क्याम्पस र सहशिक्षा भएको रत्नराज्य क्याम्पसबाहेक) कुनै क्याम्पसमा पनि महिला क्याम्पस प्रमुखहरू नभएको उनले जानकारी गराइन् ।



उनले आफ्नो ४२ वर्षे लामो प्राध्यापनलाई सम्झँदै अहिलेको युगमा आएरपनि महिलालाई समान अवसरवाट बञ्चित पार्न खोजिएको गुनासो पोखिनन । उनले अघि थपिन्, ‘महिलाहरूको योग्यताको कदर कहिले हुन्छ ? हाम्रो माग सम्बन्धित निकायमा जानकारी गराउँदापनि कुनै सुनुवाई भएको छैन् । हामी यसबाट निकै दुःखी छौं ।’

आफ्ना मागहरूबारे सरोकार पक्ष सकारात्मक नभए तत्काल आमरण अनसनमा जान बाध्य हुने पनि उनले चेतावनी दिईन् । प्रा. डा. ठकुराठीले महिला प्राध्यापकहरूलाई समान सहभागितामा जोड दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराईन् ।



राज्यको उच्च निकायमा महिलाले नै जिम्मेवारी सम्हालिरहेको अवस्थामा योग्य र बरियताको आधारमा रहेका महिलाहरूलाई अवसर नदिई पद्यम कन्या क्याम्पसलाई बिगत एक महिनादेखि प्रमुखबिहिन बनाएको उनको आरोप छ । 

आज महिला क्याम्पसमा महिलालाई नै प्रमुख नबनाएर दोस्रो श्रेणीमा रहेका पुरूषलाई स्थान दिन खोजेको भन्दै उनले अब देशभरिका आंगिक क्याम्पसहरूमध्ये कम्तिमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्त गरिनुपर्ने माग गरिन् । 

त्यस्तै कार्यक्रममा बोल्दै डा.कल्पना श्रेष्ठले प्राज्ञिक क्षेत्रमा ३३ प्रतिशत अधिकार विश्वविद्यालयले किन लागु गरेन भन्दै आक्रोस पोखिन् । उपकुलपतिले आफ्ना समस्याहरूलाई बेवास्ता गर्दे आएको उनको गुनासो छ ।

पद्यम कन्या क्याम्पसबाट दुई जना पुरूष र एक जना महिलामात्र सिफारिसमा परेको बताउँदै उनले बरियताको पहिलो नम्बरमा रहेकी महिलालाई पाउनुपर्ने अधिकारबाट बञ्ति पार्न खोजिएको आरोप लगाईन् । 

सम्बन्धित निकायलाई जानकारी गराउँदापनि आम विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूको भावनाप्रतिकूल निर्णय गरिए आफुहरू सशक्त प्रतिवाद र संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिईन् । 

त्यस्तै कार्यक्रमा बोल्दै पद्यम कन्या क्याम्पस प्राध्यापक संघ नेपालकी सदस्य एवम् उप–प्राध्यापक बिमला नेपालले संविधानले दिएको ३३ प्रतिशत अधिकारलाई प्राज्ञिक क्षेत्रमानै बिभेद गरिएको गुनासो पोखिन् ।

आफुहरूले उपकुलपति, रेक्टरको कार्यालय र रजिष्टारको कार्यालयमा जानकारी गराउदापनि सनुवाईको कुनै पहल नभएको उनको भनाई छ । उपकुलपति आफूहरूको मागका बारेमा सम्बेदनशील नदेखिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको पनि उनले स्पष्ट पारिन् ।

उनले आफुहरूलाई नेतृत्व दिने बिषयमा बिभेद गरिएको भन्दै आफुहरूपनि समान योग्यताबाट आएको स्मरण गराइन । सक्षम महिलाहरूलाई राज्यको नीतिले सहभागिताको अधिकार दिएपनि त्रिभुवन विश्वविद्यालय संविधानभन्दा माथि हुन नसक्ने उनको तर्क छ । 

आफुहरू पाउनुपर्ने अधिकार लिएरै छोड्ने बताउदै उनले हातमा कालोपट्टी बाँधेर कक्षाकोठामा काम गर्ने बताइन् । 

त्यस्तै पद्यम कन्या क्याम्पस पूर्व एकाई अध्यक्ष तुलसा पन्तले देशमा भएका परिवर्तनहरूमा महिलाहरूको पनि सहभागिता रहेको तथा कानुनलेपनि महिलालाई ३३ प्रतिशत अधिकार दिएको जानकारी गराउदै त्रिबिले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् । 

अहिले महिलाहरूको सवै क्षेत्रमा समानुपातिक सहभागिताको सुनिश्चितता खोजिरहेको र ३३५ सहभागीता सबै निकायहरूमा कार्यान्वयन भैरहेको अवस्थामा देशकै ठुलो र महत्वपूर्ण एकमात्र आंगिक छात्रा क्याम्पसमा त्यसविपरित सिफारिस गरिनु बद्नियतपूर्ण र अन्यायपूर्ण रहेको उनको ठहरको छ । 

उनले विभेदकारी र त्रुटिपूर्ण निर्णयलाई आधार बनाएर विश्वविद्यालयले कुनै निर्णय गरे उक्त निर्णय आफुहरूलाई कदापी मान्य नहुने र कडाभन्दा कडा संघर्षका कार्यक्रम लिएर मैदानमा उत्रन बाध्य चेतावनी दिइन् ।

त्रि.वि. प्रशासनलाई योग्य एवं वरिष्ठ महिला उम्मेद्वार प्राथमिकता दिई क्याम्पस प्रमुख नियुक्त गर्न आग्रह गर्दे उनले आफ्ना मागलाई बेवस्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्वन्धित पक्षनै हुनुपर्ने समेत उनको भनाई छ । 

उनीहरूले निश्चित विधि र मापदण्ड अनुसार महिलालाई प्राथमिकता दिई योग्य एवं वरिष्ठलाई क्याम्पस प्रमुख नियुक्त गर्नु नै समयको माग भएको जिकिर गरेका छन् ।

उनीहरूले भनका छन्, ‘यथार्थलाई हृदयगम गरि तत्काल न्यायपूर्ण निर्णय गर्न त्रि.वि. प्रशासन समक्ष जोडदार माग गर्दछौं ।’


 

  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार ८:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया