logo-img

सरकार र चिकित्सक संघबीच छ बुँदे सहमति, आन्दोलन फिर्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सरकार र आन्दोलरत नेपाल चिकित्सक संघबीच छ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएकाे वार्तामा छबुँदे सहमति भएकाे हाे । 

यही भदौ २७ गते सञ्चो अस्पताल हेटाैँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण भएकाे थियाे । साेही आक्रमणकाे विराेधमा चिकित्सकहरू आन्दाेलित भएका थिए ।



सहमतिपछि आन्दोलरत चिकित्सकले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । सहमति पत्रमा सरकारी वार्ताटो लीका संयोजक एवं मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा र आन्दोलनरत पक्षबाट चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार दोषीहरूलाई तत्काल पक्राउ गर्ने र पक्राउ परेका चारजना, पक्राउ पुर्जी जारी भएका पाँचजनासहित दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन, २०७९) अनुसार कारबाही गरिने भएको छ ।

यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन, २०७९) को प्रभावकारी कार्यान्वयन गर्न सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने, सोही ऐन (पहिलो संशोधन ऐन, २०७९) को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउन मासिकरूपमा बैठक बस्ने व्यवस्था गर्ने सहमति भएको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया