एकीकरण टुंग्याउने गृहकार्यमा जुटे नेकपाका शीर्ष नेता

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको बाँकी कामको टुंगो लगाउन बिहीबारदेखि छलफल सुरु गरेको छ । तत्कालि सांगठनिक एकता कार्यदलले बुझाएको दुई प्रतिवेदनमाथि बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय वैठकमा छलफल भएको हो ।  

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने तयारीमा जुटेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए । प्रवक्ता नाराण्काजी श्रेष्ठ भने वैठकमा उपस्थित थिएनन् । 

पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन् । 

एकीकरणको बाँकी कामसमेत टुंगो लगाउन बनेको नौ सदस्यीय कार्यदल भंग भएपछि नेकपाका शीर्ष नेताहरू छिटो एकीकरण टुंग्याउनुपर्ने दबाबमा छन् । 





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार ८:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया