\
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबारको तुलनामा सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो ।
नेपाली बजारमा आज छापावाल सुनको मूल्य एक लाख १२ हजार पाँच सय रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार प्रतितोला एक लाख १२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मूल्य सोमबार एक लाख ११ हजार ९५० रूपैयाँमा कारोबार भएको छ। आइतबार एक लाख ११ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदीको कारोबार प्रतितोला १ हजार ४०५ रूपैयाँमा भएको छ। आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।