logo-img

राष्ट्रिय हितलाई ध्यानमा राखेर सहायता लिनुपर्छ : माधव नेपाल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर विदेशी सहायता स्वीकार गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार आयेजित नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीको १७ औँ स्थापना दिवसमा उनले अमेरिकी सहयोग नियोग (एमसीसी) लगायत अन्य वित्तीय सहयोग देशको हित बाहिर भए अस्वीकार गर्नुपर्ने बताए । 

उनले भने, ‘केही केही मानिसहरू एमसिसीलाई अस्वीकार गर्नुपर्थ्यो भन्छन् । अरू केही हैन त्यो गरे हामीलाई सरकारबाट फाल्दिन्छन्, पार्टी कमजोर बनाउँछ भन्छन् । तर विदेशीहरू हाबी हुने र हामी तमासा हेरेर बस्ने अवस्था आउन दिन हुँदैन । हामी उनीहरूको गतिविधिप्रति सधैँ सचेत छौँ । हामी देश र जनताको हितमा निर्धक्क भएर काम गर्छौँ ।’

अध्यक्ष नेपालले यहाँ विदेशी शक्तिका स्वार्थ एवं साम्राज्यवादी शक्तिहरू आफ्ना योजनाहरू रहेको उल्लेख गर्दै त्यस्ता कार्यप्रति सबै सतर्क हुन आवश्यक भएको बताए ।  





  • प्रकाशित मिति : असोज १, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया