\


सामाजिक सञ्जालको नियमनका लागि विशेष पहल हुँदै छ : प्रधानमन्त्री
फरकधार / १ असोज, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । सरकार यसबारे गम्भीर भएको भन्दै उनले अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए । 

संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्युयोर्क गएका उनले पत्रकारहरूसँगको भेटमा सो कुरा भनेका हुन् । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनले आरोप लगाए ।
  
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनको भनाइ छ । 

अर्को प्रसंगमा उनले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताए । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको उनले बताए । 





  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १६:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया