logo-img

शेखरले बोलाए रणनीतिक बैठक, विश्वप्रकाश र प्रदीप पौडेल पनि आमन्त्रित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संस्थापन इतर समूहको बैठक बोलाएका छन् । नेता कोइरालाले बालुवाटार सम्पर्क कार्यालयमा बैठक बोलाएका हुन्। 

केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले राखेको सो रणनीतिक बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको छ । 

कांग्रेसको १४औँ महाधिवेशनअघिसम्म देउवा समूहमा रहेका शर्माले महामन्त्रीको टिकट नपाएपछि प्रकाशमान सिंह प्यानलबाट महामन्त्री उठेर जितेका थिए । कृष्ण सिटौला समूहमा रहेका नेता पौडेल भने सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्री उठेर पराजित भएका थिए । 

गत आमनिर्वाचनपछि कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको चुनावमा शर्मा र पौडेलले गगन थापालाई सहयोग गरेका थिए । गगन सभापति देउवासँग संसदीय दलको नेतामा पराजित भएका थिए । 

कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा बस्ने तय भएको छ। सो बैठकमा बलियो रुपमा प्रस्तुत भएर देउवालाई साइजमा ल्याउन रणनीतिमा इतर समूह छ । 





  • प्रकाशित मिति : असोज १, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया