\
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, आजको युगमा पनि खानकै लागि संर्घष गर्नुपर्ने अवस्था आउनु दुःखद् भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीसम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१औँ शताब्दीमा खानाकै लागि संघर्ष गर्नुपर्ने स्थिति लाजमर्दो विषय भएको बताए ।
उनले मानिसकै गलत प्रवृत्तिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै बाँच्नका लागि मात्रै संर्घष गर्नुपर्ने स्थिति लज्जास्पद भएको बताए ।
त्यस्तै, पर्याप्त सम्भावना भएर पनि विद्युत् उत्पादन नभएको कारण नेपालमा विद्युत् वितरणमा समस्या आएको उनले टिप्पणी गरे ।
उनले उत्पादन र विकासमा प्रविधिको प्रयोग गरेमा विद्युतको खपत पनि बढी हुने बताउँदै ओलीले कृषिको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने बताए ।
अर्को प्रसंगमा उनले नेपाल मासुमा आत्मनिर्भर भयो भने पनि ट्रकका ट्रक खसी बोका आयात भइरहेको बताए । ‘नेपाल मासुमा आत्मनिर्भर भयो भनेको छ र पनि दिनका दिन ट्रकका ट्रक खसी बोका आइरहेका छन्,’ उनले भने, ‘आत्मनिर्भर छ भने खसी बोका कहाँ जान्छ ? त्यसको पनि जानकारी लिन आवश्यक छ । आत्मनिर्भर छौँ भनेको छ । मुस्ताङबाट च्याङग्रा पोखराबाट यता आउँदैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।