२६ माघ, २०८२ साेमबार
Feb. 9, 2026

अस्कार अवार्डका लागि नेपालबाट चलचित्र ‘हल्कारा’ चयन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालले एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (ओस्कार अवार्ड)को ९६औँ संस्करणमा प्रतिस्पर्धाका लागि चलचित्र ‘हल्कारा’लाई पठाउने भएको छ । चलचित्र ‘हल्कारा’ले अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिनिधित्व गर्ने भएको हो । 

सोमबार बसेको छनोट समिति बैठकबाट ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको हो । समितिमा चलचित्र विकास बोर्डका सदस्य राजु केसी संयोजक छन् । त्यस्तै, मञ्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सिना सदस्य छन् भने रीतिका भट्टराई सदस्यसचिव छिन् । 



ओस्कार अवार्डका लागि पाँच चलचित्रको आवेदन परेको र तीमध्येबाट ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय भएको समितिका सदस्य सामीप्यराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार समितिमा चलचित्रहरू ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’ चलचित्रहरुको आवेदन परेको थियो । 

सन् २०२४ मा अमेरिकाको लस एन्जल्समा ओस्कार अवार्ड हुँदै छ । सो अवार्ड समारोहमा नेपाली चलचित्रको प्रतिनिधित्व हल्काराले गर्ने पक्का भएको छ । 



यो चलचित्रको निर्देशन विक्रम सापकोटाले गरेका हुन् । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।



  • प्रकाशित मिति : १ असोज, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया