न्युजिल्यान्डकाे मस्जिदमा गाेली चल्दा २७ काे मृत्यु

एजेन्सी– न्युजिल्यान्डकाे क्राइस्टचर्च शहरका केही मस्जिदमा गाेली चल्दा २७ जनाकाे मृत्यु भएकाे छ । दिउँसाे नमाज पढिसकेपछि मस्जिदमा आक्रमण भएकाे थियाे ।

सरकारले मानिसहरूलाई अर्को सूचना जारी नभएसम्म मस्जिदमा नजान आग्रह गरेकाे छ र सबै विद्यालयहरु पनि बन्द गरिएकाे छ ।

घटनापछि प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको र आजको दिन न्यूजिल्यान्डको कालो दिन भएकाे बताएकी छन् । 

उक्त मस्जिदमा ब‌गंलादेशका क्रिकेट खेलाडीहरु नमाज पढ्न गएका थिए । बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ।

आक्रमण कसले गर्याे भन्ने अहिलेसम्म पत्ता नलागेकाे न्युजिल्यान्ड प्रहरीले जनाएका छन् । तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन्।

घटनाबाट कति घाइते भए भन्ने अझै अस्पष्ट छ र मृत्यु हुनेकाे संख्या अझै बढ्न सक्ने बताइएकाे छ । 





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १०:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया