चलचित्र ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।
भिडियोमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ । प्रशान्त तामाङको स्वर रहेको गीतमा सतिश चापागाईंको शब्द र विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ ।
राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोता, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ । फिल्मको कथा रमेश विजीले लेखेका हुन् ।
नारायण रायमाझी निर्देशित यसफिल्ममा अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथालाई समेटिएको छ । फिल्म दसैँको अवसर पारेर २६ असोजदेखि प्रदर्शन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।