२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

सबै अट्ने गरी संशोधन हुनुपर्छ : लिङ्देन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा पनि संविधानमा अटाउनुपर्ने बताएका छन् । उनले वर्तमान संविधान सबै अट्ने गरी संशोधन हुनुपर्ने बताएका छन् ।


सामाजिक सञ्जालमा संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले यो संविधान अपूर्ण मात्र नभएर कैयौँ समस्याको जडसमेत भएको बताएका छन् । 



संविधान गीता, बाइबल, कुरानजस्तो असंशोधनीय नहुने बताएक छन् । उनले भनेका छन्, ‘पर्खनु र थप वर्वादी व्यहोर्नुभन्दा सबैको सहमतिमा नमिलेका सबै मिलाएर सबै अटाउने संविधान निर्माण आजको आवश्यकता हो । हामी सबैलाई सद्बुद्धि प्राप्त होस् ।’ 

उनले धनेका छन्, ‘शक्ति राष्ट्रहरूको तीव्र प्रतिस्पर्धा, अस्थिर सरकार, नियन्त्रण र सन्तुलनको कमजोर अवस्था, कमजोर अर्थतन्त्र, कमजोर धार्मिक सामाजिक सद्भाव, बढ्दो भ्रष्टाचार र बेरोजगारी यी सबैको जगमा वर्तमान संविधान रहेको सत्यलाई स्वीकार्न ढिलो गर्नुहुन्न ।’ 





  • प्रकाशित मिति : ३ असोज, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया