logo-img

सरकारले शिक्षकका न्यायोचित माग सम्बोधन गर्नुपर्छ : महामन्त्री शर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, सरकारले शिक्षक आन्दोलनले अघि सारेका उचित माग सम्बोधन गर्नुपर्ने बताएका छन् । 

बुधबारदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु विद्यालय बन्द गरेर सडकमा उत्रिएपछि सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले वर्षैपिच्छे निर्माण हुँदै गरेको संघीय शिक्षा विधेयकले शिक्षकका वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताएका हुन् ।

शिक्षकहरुले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उनको भनाइ छ । 

‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ । वर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐनमार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ । हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौँ, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौँ शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न,’ महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



 
 



  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया