बाबुरामको टिप्पणी : प्रचण्ड र विप्लवलाई इतिहासले गलत सावित गरिसकेको छ

काठमाडौँ– नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विप्लवलाई 
इतिहासले गलत सावित गरिसकेको बताएका छन् । 

प्रचण्डलाई ‘मार्ने’ सूचना सार्वजनिक भएको प्रसङ्गमा डा.भट्टराईले बिहीबार ट्वीट गर्दै दुवैलाई इतिहासले गलत सावित गरिसकेको बताएका हुन् । उनले भने,‘इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ ।’ 

उनले अंग्रेजी भनाइ ‘टू रङ डन्ट मेक अ राइट’ स्मरण गराउँदै अब नयाँ विचारको खाँचो रहेको औंल्याएका छन् ।   

प्रचण्ड र विप्लवलाई नजिकबाट नियालेका पूर्वप्रधानमन्त्री समेत रहेमा डा.भट्टराईले दुवैको विचारमा समस्या देखिएको बताउँदै उनले प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बताए ।   

डा. भट्टराईले भने, ‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ ! समस्या व्यक्तिको नभएर विचारको हो ! यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो !’  

संविधानविपरीत गतिविधि सञ्चालन गरेको भन्दै सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ । सत्तारुढ नेकपाकै नेताहरूबीच पनि प्रतिबन्ध लगाउनु हुन्थ्यो/हुन्थेन भन्नेमा एकमत छैनन् ।



 



 


  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १४:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया