राप्रपा अध्यक्षको संकल्पः सत्तामुखी राजनीति गर्दैनौँ, हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा छाड्दैनौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अब आफूहरूले सत्तामुखी राजनीति नगर्ने र हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा नछाड्ने संकल्प गरेका छन् । शुक्रबार भृकुटीमण्डपमा आयोजित ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को समापनसभालाई सम्बोधन गर्दै थापाले काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरे ।

‘काठमाडौं खाल्डो तात्न समय लाग्छ । जब तात्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाइ गर्छ,’ थापाले भने, ‘हामी राजधानीलाई जगाउँछौँ र नेपालमा हिन्दू राष्ट्र पुनर्स्थापना गरेरै छाड्छौँ ।’

उनले आफूहरू पटक–पटक सरकारमा गएको जनतालाई मन नपरेको बताउँदै ०६४ को चुनावमा तत्कालीन राप्रपा नेपाललाई समानुपातिकमा १ लाख १३ हजार भोट दिएका काठमाडौंबासीले ०७४ मा १३ हजार मात्रै भोट दिएको स्मरण गरे । 

जनतासामु माफी माग्दै थापाले भने, ‘म संकल्पका साथ निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डालाई छाड्ने छैन ।’





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १७:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया