logo-img

शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध रिट

नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता स्वागत नेपाललगायतले सो रिट दर्ता गरेका हुन् । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजालसले सो रिटमा सुनुवाइ गर्दै नेपाल बार एसोसिएसनलाई यसको व्याख्याका लागि भाषा र कानुनी दक्षता भएको व्यक्ति समावेश गरी कम्तीमा तीनजना एमिकस क्युरी पठाउन भनेको छ।
 
अधिवक्ता नेपाललगायतले षड्यन्त्र गरी विदेशी प्रभावमा परी नेपाली, भाषा, संस्कृति र परम्पराको अन्त्य गर्न उक्त शब्द शब्दकोशबाट झिकिएको भन्दै रिट दायर गरेका थिए । 
 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया