सुुन–चाँदीको मूल्यमा यो साता पनि ह्रास

काठमाडौं– गत सातादेखि नै घटेको सुनचाँदीको भाउ यस साता पनि घट्ने क्रम रोकिएन । साताको मध्य बुधबार सुनको भाउ केही रुपैयाँले बढे पनि साताको अन्त्यतिर भने पुन: घट्ने क्रममै रह्यो । 

आइतबार बजार खुल्दा प्रतितोला ६० हजार ५ सयमा कारोबार भएको सुन सोमबार सोही मूल्यमा स्थिर रह्यो । तर, मंगलबार भने प्रतितोला २ सयले घटेर ६० हजार ३ सयमा कारोबार भयो । 

मंगलबार घटेको सुन बुधबार भने प्रतितोला ३ सयले बढेर ६० हजार ६ सयमा कारोबार भयो । त्यसलगत्तै बिहीबार प्रतितोला एक सयले घटेर ६० हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार भने प्रतितोला ५ सयले घटी ६० हजार रुपैयाँमा कारोबार भयो । 

यस्तै, आइतबार प्रतितोला ७ सय ४५ मा कारोबार भएको चाँदी बिहीबारसम्म सोही मूल्यमा स्थिर रह्यो । तर, अन्तिम दिन भने प्रतितोला १० रुपैयाँले घटेर ७ सय ३५ मा कारोबार भयो । 

सुनचाँदीको भाउ गत हप्तादेखि नै घट्नुमा अन्तर्राष्ट्रिय बजारमा घर–जग्गाको कारोबारमा कमी आएकाले सुनमा लगानी नहुनु र अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा सामान्य सुधार आए पनि आन्तरिक बजारमा डलरको तुलनामा भारतीय मुद्रा मजबुत भई नै रहेकोले सुनको भाउमा कमी आएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १७:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया