जनकपुर पुगेर पूर्वराजाले भने, ‘यो तराई हो, मधेस भन्दिनँ’

जनकपुरधाम– तीर्थाटनका लागि जनकपुर आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले यो भूमि मधेस नभई तराई भएको बताएका छन् ।

‘यो तराई हो,’ शुक्रबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराजाले भने, ‘हामीले पहिलेदेखि नै तराई भन्दै आएका छौँ, मधेस भन्दिनँ ।’ एक पत्रकारको ‘मधेस भ्रमणमा आउनुभयो, यहाँका जनताको मनोभावना कस्तो बुझ्नुभयो ?’ भन्ने प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिएका हुन् । 

‘जानकी मन्दिरमा पूजापाठ गरेर के माग्नुभयो ?’ भन्ने अर्का पत्रकारको प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले भने, ‘शान्ति र प्रगति होस्, सबैको भलो होस् ।’

मुलुकमा शान्ति र प्रगतिको आवश्यकता रहेको बताएका पूर्वराजालाई पत्रकारले अर्को प्रश्न गरे, ‘के अहिले देशमा शान्ति छैन र ?’ 

‘तपाईं नै हेर्नुस्, जनताको मनोबल, जनताको परिस्थिति कस्तो छ,’ जवाफमा पूर्वराजाले भने, ‘के छ उहाँहरुलाई नै सोध्नुस् । मलाई नसोध्नुस् ।’





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १९:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया