सन्वे इन्टरनेसनल बिजनेस कलेजको ‘प्लेसमेन्ट डे’ कार्यक्रम

काठमाडौं– सन्वे इन्टरनेसनल बिजनेस कलेजले स्नातक तहमा कम्प्युटर साइन्स विषय अध्ययनरत विद्यार्थीहरूका लागि मेरो जब डट कमसँग समन्वय गरी प्लेसमेन्ट डे कार्यक्रम सम्पन्न गरेको छ ।

मार्च ११ मा सम्पन्न कार्यक्रममा १४ वटा विभिन्न प्रतिष्ठित संस्थाहरु क्लासिक टेक, सुबिसु नेट, भायनेट, दराज, सस्तो डिल, इभ्मोटेक, पाराकोज्मा, गोल्यन ग्रुप , एट स्क्वायर , इन्लिभ इन्फर्मेसन टेक्नोलोजी, आयुलोजिक,  देव ज्योति ग्रुप, र नेर्ड प्लाटुन ले सहभागिता जनाएर कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई रोजगारीका लागि प्रक्रिया अगाडि बढाएका छन् । 

यसै क्रममा पहिलो चरणको अन्तर्वार्ता सम्पन्न भैसकेको छ । अन्तर्वार्तामा ३१ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन् । कार्यक्रममा आएका विभिन्न १४ वटा बिजनेस हाउसका प्रतिनिधिहरूले पहिलो चरणमा सम्पन्न भएको १३९ वटा अन्तर्वार्तामा सहभागी विद्यार्थीहरूलाई थप अन्तर्वार्ताका लागि उत्कृष्टताका आधारबाट छनौट गर्नेछन् ।

मेरो जब डट कम र सन्वे इन्टरनेस्नल बिजनेस कलेजको संयुक्त आयोजनामा यस्तो कार्यक्रम हुनुको मुख्य उद्देश्य कलेजमा अध्ययनरत विद्यार्थीहरू र रोजगारदाता संस्थाहरु बीचको दुरी घटाएर समन्वयकारी भूमिका निर्वाह गर्नु र स्वदेशभित्रै रोजगारीको वातावरण सृजना गरी समृद्ध समाजको परिकल्पनालाई सार्थक गर्नु रहेको कलेजले बताएको छ ।





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार २१:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया