साफ महिला च्याम्पियनसिप: नेपाल र बंगलादेश भिड्दै

काठमाडाैं– साफ महिला च्याम्पियनसिप फुटबल प्रतियाेगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । 

विराटनगरको सहिद रंगशालामा हुने खेलमा दुवै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । नेपाल र बंगलादेश सेमिफाइनलमा एक खेल अगावै सेमिफाइनल पुगेका छन् ।

नेपालले भुटानलाई ३-० गोलअन्तरले र बंगलादेशले भुटानलाई २-० गोलअन्तरले पराजित गरेका थिए । दुवै खेलमा भुटान पराजित भएपछि नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेका हुन् ।

समूह ‘बी’ बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

 





  • प्रकाशित मिति : चैत २, २०७५ शनिबार ९:४२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया