logo-img

उपत्यकामा आजदेखि इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु भएको छ । भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा प्रारम्भ भएको मानिन्छ । 

नेवारी समुदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजाआरधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ । यही ११ असोजमा इन्द्रजात्राको मुख्यदिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

जात्राको अवधि भरभक्कु नाच, महाकालीनाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावतहात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान, हेर्नुस् तस्बिर





  
 

  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया