किन हुन्छ महिनाबारीमा हेभी ब्लिडिङ ? रोकथामका लागि अपनाउनुस् यी उपाय

कतिपय महिला महिनाबारी हुँदा हेभी ब्लिडिङ (ज्यादा रगत बग्ने) को समस्याबाट ग्रसित छन् । विशेषगरी किसोरीहरु यस्तो समस्या लुकाएर बस्दा ज्यादा हैरानी व्यहोर्छन् । 

हेभी ब्लिडिङ हुने अवस्थालाई मेनर्जिया पनि भनिन्छ । यस्तो अवस्थामा महिनाबारी या त लामो समयसम्म चल्छ, या छोटो समयमै ज्यादा रगत बग्छ ।

महिनाबारीमा सामान्यभन्दा बढी रगत बग्नु हैरानी मात्र नभई खतराको लक्षण हुन सक्छ । त्यसैले, यस्तो समस्या आइपर्दा तत्काल डाक्टरसँग सल्लाह लिनुपर्छ । 

हेभी ब्लिडिङका सम्भावित कारण

सामान्यतः महिनाबारीसम्बन्धी सबैजसो गडबडी हर्मोनहरुको अनियमितताले हुने गर्छन् । हेभी ब्लिडिङ पनि हर्मोनकै गडबडीले हुन सक्छ । तर, हेभी ब्लिडिङका पछाडि अन्य थुप्रै कारण हुन सक्छन् । 

  • पिरियड्समा हेभी ब्लिडिङ हुनुको एउटा कारण पाठेघरको ट्युमर हुन सक्छ । 
  • शरीरमा आइरनको कमीले पनि हेभी ब्लिडिङ हुन्छ । यसबाट रक्तअल्पतासमेत हुन सक्छ । 
  • सर्भाइकल पोलिपका कारण पनि रजश्वला हुँदा ज्यादा रगत बग्न सक्छ । यो सर्भाइकल क्यानलमा ट्युमरजस्तै मासु पलाउने अवस्था हो । यसले सर्भिक्स र गर्भाशयमा भएका रक्तनलिमा रोकावट पैदा गर्छ, र मासिक चक्र अनियमित गराउँछ । 
  • हेभी ब्लिडिङको अर्को काराण ल्युपस हो । शरीरको जुनसुकै आन्तरिक भाग सुन्निने अवस्थालाई ल्युपस भनिन्छ । यो हर्मोनहरुको बदलाबका कारण देखापर्छ । प्रजनन प्रणालीसँग सम्बन्धित अंगमा हुने ल्युपसले महिनाबारीमा ज्यादा ब्लिडिङ गराउँछ । 


रोकथामका प्राकृतिक उपाय

  • धैरै दिनसम्म ज्यादा रगत बग्दा शरीरमा रगतको कमी हुन सक्छ । यस्तोमा दैनिक नियमितभन्दा ५–६ गिलाँस ज्यादा पानी पिउनुपर्छ । यसका अतिरिक्त ‘इलेक्ट्रोलाइट ड्रिंक’ पिउनु उपयुक्त हुन्छ । 
  • भिटामिन सी प्रचुर मात्रामा पाइने खानेकुरा खानुपर्छ । भिटामिन सीले शरीरमा आइरनलाई सोस्न मद्दत गर्छ । कागती, अमला, मौसम, अंगुरजस्ता अमिला फलका साथै किवी, ब्रोकाउली, गोलभेँडा, स्ट्रबेरी आदिमा भिटामिन सी प्रशस्त पाइन्छ । 
  • खानामा प्रशस्त मात्रामा आइरनयुक्त खाद्यवस्तु सामेल गर्नुपर्छ । यसले रक्तअल्पता हुनबाट बचाउँछ । यसका लागि कुखुराको मासु, गेडागुडी, रायो र पालुंगोको साग, ब्रोकाउली, काजु, बदाम आदिको सेवन गर्न सकिन्छ । 
  • दिनको एक छाक खाना फलामको भाँडोमा पकाएर खानु उत्तम रहन्छ । यसले शरीरमा प्रशस्त आइरन प्रदान गर्छ । 


  • प्रकाशित मिति : चैत २, २०७५ शनिबार २०:३६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया