तपाईंहरु काम गर्नुहोस्, बजेट म मिलाउँछु: अध्यक्ष तिमिल्सिना

पर्वत– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गरेका छन् ।

गृह जिल्ला पर्वत आएका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माणका योजनाहरु समयमै तोकिएको मापदण्ड र गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिएका हुन् ।  

अबका दिनहरु मुलुकको आर्थिक समृद्धि र विकास निर्माण गर्ने भएकाले चालू योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न र सुरु हुन नसकेका योजनाहरुलाई तत्काल सुरु गर्न सरोकारवालालाई आग्रह गरे ।

उनले साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारबाट र ठूला योजनाहरु सङ्घीय सरकारले हेर्ने भएकाले तीनै तहको समन्वय र सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताए । 

अहिलेको सरकार विगतमा जस्तो परिवर्तनशील नभएर स्थायी भएकाले पनि अबको पाँच वर्षमा मुलुकको तीव्र रुपमा विकास हुनेमा कुनै आशङ्का व्यक्त नगर्न पनि उनले आग्रह गरे ।

उनले अबको पाँच वर्षमा पर्वतका सबैजसो बाटाहरु कालोपत्र हुने, घरघरमा खानेपानीका धारा पुग्नेलगायत आधारभूत आवश्यकता पूर्ति भएको जिल्लाका रुपमा विकास हुने बताए । 
 





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार ७:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया