एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै, उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी दर्ता भएको हो ।
सचिवमा चारजनाकको उम्मेदवारी परेको छ । सचिवका लागि रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डा.रामकुमारी अधिकारीको उम्मेदवारी दर्ता भएको हो ।
दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ । खुला तथा महिला उपसचिवका लागि खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी दर्ता भएको छ ।
भोलि बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय भएको छ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।