logo-img

कर्णालीलाई विकसित प्रदेश बनाउने गरी काम भइरहेको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताएका छन् ।

बिहीबार भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै उनले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्‍याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले आयोजनालाई तीव्रताका साथमा अघि बढाउन निर्देशन समेत दिए । सुरुमा एक सय २५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरु गरिएको भए पनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ ।  कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए  । 

उनले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । उनले भने, ‘सरकारले कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता दिएको छ । आगामी दिनमा कर्णालीको समृद्धिका लागि सरकारले थप पहल गर्छ ।’





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया