मोदीले थपे नामको अगाडि चौकीदार

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो नामको अगाडि चौकीदार शब्द थपेका छन् । उनले यो शब्द माइक्रो ब्लगिङ साइट ट्विटरमा थपेका हुन् । उनीसँगै भारतीय जनता पार्टीका अन्य नेताले पनि नामको अगाडि चौकीदार थपेका छन् ।

आइतबार विहान माेदीले मात्र हाेइन भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, रेलमन्त्री पियुष गाेयल, स्वास्थ्यमन्त्री जेपी नड्डा तथा अन्य नेताहरुले पनि नामकाे अगाडि चाैकीदार थपेका छन् । जसजसले यसरी नाम बदलेका छन् उनीहरुले ट्विटरमा आफूले नाम परिवर्तन गरेबारे पनि जानकारी दिएका छन् । 

त्यसका लागि उनीहरुले म चाैकीदार वा चाैकिदार फिर से भन्ने ह्यासट्यागकाे प्रयाेग गरेका छन् ।  

माेदीले १५ मार्चमा ट्विटरमा एक भिडियाे जारी गर्दै म पनि चाैकिदार भन्ने अभियान सुरु गरेका थिए । 

यसअघि नेपालीलाई चाैकीदार भनेपछि आम आदमी पार्टीकी विधयाक अल्का लम्बाकाे नेपालमा मात्र हाेइन भारतमै पनि विराेध भएकाे थियाे । 

 



 



 

  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १२:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया