विप्लव समूह अनधिकृत झुन्ड हो, सरकारले चिन्दैन : प्रधानमन्त्री ओली

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई सरकारले नचिन्ने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सो समूहलाई अनधिकृत झुन्डको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जुन संस्था विधिवत् छैन, यस्तो झुन्ड हो, सरकारले चिन्दैन ।’  

विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताउँदै प्रधानमन्त्रीले उक्त समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध लगाइएको जानकारी दिए । विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह पनि गरे ।

‘नेकपा विप्लव समूह भनेर चिनिने झुन्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिनेजस्तै हो’ प्रधानमन्त्री ओलीले भने । बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याएकोप्रति आक्रोशित हुँदै ओलीले भने, ‘बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ?

सरकारले विप्लव समूहलाई निषेध मात्र होइन नियन्त्रण नै गरिछाड्ने दाबी गर्दै ओलीले कसैले रुवाबासी गरे पनि त्यसको अर्थ नरहने बताए । कुनै पनि बहानामा शान्ति सुरक्षा खलबल्याउन खोज्ने तत्वलाई सरकारले नछाड्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताए ।

यसैबीच प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताए । पत्रकारको जिज्ञासामा ओलीले भने,  ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो, पुनर्गठन हुँदैन ।’





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १४:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया