logo-img

एमाले कर्णाली अधिवेशन : शाही र सिंहले लिए उम्मेदवारी फिर्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । 

शनिबार विज्ञप्ति जारी गर्दै शाहीले पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । 

उनले लेखेका छन् ‘केन्द्रीय नेतृत्वको चाहना विपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरूलाई ध्यान दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ ।’

उनले पहिलो पटक भएको प्रदेशको अधिवेशनबाट अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको बताएका छन् । त्यस्तै, उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा प्रेमबहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।
 





  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया