logo-img

एपेक्स कपमा कान्तिपुर कलेज र काठमाडौं युनिभर्सिटी विजयी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंमा जारी एपेक्स आइसिसी कप २०२३ क्रिकेट प्रतियोगिताको सातौं दिनको खेलमा कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी (केसीएमआइटी) र काठमाडौं युनिभर्सिटीले जित निकालेका छन् ।

शनिबार भएको पहिलो खेलमा कान्तिपुरले लिभरपुल कलेजविरुद्ध २१ रन तथा दोस्रो खेलमा थेम्स कलेजविरुद्ध काठमाडौं युनिभर्सिटीले ८ विकेटको जित निकालेका हुन् ।  

मूलपानीस्थित पवित्र मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको केसीएमआइटी कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो । उसका लागि विशाल कुँवरले ३८, सुवास सापकोटाले २६ र अमितकुमार मारबैलाले २३ रन बनाए ।

लिभरपुलका लागि बलिङमा चुनचुन यादवले तीन, अभिषेक यादव र सौरभ ऐरले एक/एक विकेट लिए । १ सय ३३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको लिभरपुल १९.१ ओभरमा १ सय ११ रनमै अलआउट भयो ।   



उसका लागि अभिषेक यादवले ३१, अजय राजवंशीले १७ र ऋषभ यादवले ८ रन जोडे । केसीएमआइटी कलेजका लागि बलिङमा नीजम कवालीले तीन, एमडी नूर र अमृतराज कार्कीले एक/एक विकेट लिए । खेलमा केसीएमआइटी कलेजका विशाल कुँवर ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

शनिबार नै भएको दोस्रो खेलमा थेम्स कलेजविरुद्ध काठमाडौं युनिभर्सिटीले ८ विकेटको फराकिलो जित निकाल्यो । थेम्स कलेजले दिएको ६१ रनको सामान्य लक्ष्य काठमाडौं युनिभर्सिटीले ८ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । 

उसका लागि सुशान्त पौडेलले अविजित २१, रोहित सापकोटाले १० र शास्वत पौडेलले अविजित ७ रन बनाए । थेम्स कलेजका लागि बलिङमा सारस खत्री र विनय मल्लले एक/एक विकेट लिए ।   

त्यसअघि टस जितेर ब्याटिङ रोजेको थेम्स कलेज १९.४ ओभरमा ६० रनमै अलआउट भयो । उसका लागि सर्जन भण्डारीले १६, सारस खत्रीले १२ र रोशन पुनले ११ रन बनाए ।



काठमाडौं युनिभर्सिका लागि बलिङमा शास्वत पौडेल एक्लैले ३.४ ओभरमा १० रन दिएर ५ विकेट लिए । यस्तै, शीतल नौपानेले तीन र सार्थक न्यौपानेले एक विकेट लिए । खेलमा काठमाडौं युनिभर्सिटीका शास्वत पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

‘प्रतिभा विकास र खेलकुदका लागि एक सञ्चा अधिवक्ता’ मूल नारा रहेको हब इन्टरनेशनल एजुकेसन यस प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । हब इन्टरनेशनल एजुकेसनका अध्यक्ष उद्धव खड्काले यस प्रतियोगिताको हिस्सेदार हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।   

उनले विद्यार्थीको अध्ययनसँगै उनीहरूलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउँदा सकारात्मक ऊर्जा दिनुका साथै क्रिकेटमा दक्ष खेलाडी उत्पादनमा पनि टेवा पुग्ने बताए । 

करिब दुई दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको हब इन्टरनेशनल एजुकेसनले सामाजिक उत्तरदायित्त्वअन्तर्गत खेलकुद, शिक्षा, रक्तदानलगायत विभिन्न सामाजिक कार्यमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । 

  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया