एजेन्सी– पछिल्लो समय सूचना तथा प्रविधिमा भएको विकासले संसारलाई नै चकित बनाइदिएको छ । अब कतिसम्म भने कुनै कम्पनीमा कसैले जागिर पाएको नपाएको पनि रोबोटले फैसला गर्ने भएको छ । रोबोटले आवेदन दिएका व्यक्तिसँग सवाल जवाफ गरेर यो फैसला गर्ने हो । र, यसका लागि रोबोटलाई जम्मा सात सेकेन्ड लाग्ने बताइएको छ ।
अहिले यसको प्रयोग स्वीडेनको एउटा कम्पनीमा सुरु भएको छ र यो रोबोटलाई नाम दिइएको छ– ट्याङ्गेइ । त्यसो त यसलाई अन्तर्वार्ता लिने रोबोट भनेर पनि चिनिएको छ । यसलाई बनाउन आफूहरुलाई चार वर्ष समय लागेको यसको निर्माताले जनाएको छ । ३ किलोभन्दा थोरै बढी तौल भएको यो रोबोटको लम्बाइ १६ इन्च छ । जागिरका लागि अन्तर्वार्ताहरुमा यसलाई प्रयोग गरे यसले कुनै भेदभावसमेत नगर्ने कम्पनीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।