एजेन्सी– बलिउड अभिनेता विवेक ओबरोयले काम गरेको नरेन्द्र मोदीको बायोपिक ‘पिएम मोदी’ १२ अप्रिलमा रिलिज हुने भएको छ । त्यसअघि भोलि अर्थात् १८ मार्चमा फिल्मको अर्को पोस्टर रिलिज हुँदै छ । यसको रिलिजको काम भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गर्ने भएका छन् । यसको पहिलो पोस्टर ७ जनवरीमा रिलिज गरिएको थियो ।
अमित शाह भारतीय जनता पार्टीमा मोदीका सबैभन्दा नजिकका मानिन्छन् । फिल्ममा उनको भूमिका चाहिँ मनोज जोशीले निर्वाह गरेका छन् । मोदीको राजनीतिक यात्रा देखाइएको यो फिल्म अहिले रिलिज गर्नुलाई पनि भारतमा राजनीतिक यात्राको संज्ञा दिइएको छ । केही समयपछि हुने लोकसभा निर्वाचनलाई लक्षित गरेर यो चलचित्र रिलिज गर्न लागिएको धेरैले अनुमान गरेका छन् । यसका निर्देशक उमंग कुमारले फिल्ममा गुजरातका मुख्यमन्त्री हुनु देखि लिएर प्रधानमन्त्री हुँदासम्मको मोदीको यात्रा समेटिएको जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।