लहान– ‘स्वतन्त्र मधेस गठबन्धन’को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान गाउँदै लहानमा सुरु भएको छ । बैठक सुरुवात गर्नुअघि रातो साडीचोलोमा सजिएका पाँच किशोरीले ‘सयौँ थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएका थिए ।
सरकारसँग ११ बुँदे सहमति गरेर सिके राउतले अहिले मधेसमा विभिन्न कार्यक्रम अघि बढाइरहेका छन् । सिरहाको लहानमा आइतबार अपराह्न सुरु दुईदिने बैठकका सहभागीलाई नेपाली नागरिकता देखाउन अनिवार्य गरिएको छ ।
बैठकमा राष्ट्रिय गान र नागरिकता अनिवार्य गरेर सो समूहले पृथकतावादी अभियान त्यागेको सन्देश दिन खोजेको आकलन गरिएको छ । दुई दिन चल्ने सो बैठकले भावी रणनीति तय गर्ने बताइएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।