सेयर बजारमा सामान्य वृद्धि

सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन ५.१९ अंकले बढेको बजार १९७६.२९ विन्दुमा रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो ।

सोमबार होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचक हरियाे देखिए पनि बजारमा ठूलो वृद्धि भने देखिएन ।

सोमबार कुल २८६ धितोपत्रको ८५ हजार ५९१ वटा कारोबारबाट ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सिवाइसी नेपाल लघुवित्त, सयपत्री हाइड्रोपावर, इन्फिनिटी लघुवित्त र सामुदायिक लघुवित्तको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

पिपुल्स हाइड्रो, मनकामना इन्जिनियरिङ हाइड्रो, ग्लोबल आईएमई लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १५:२८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया