केचअप धेरै खानुहुन्छ ? होला है यस्ता समस्या

काठमाडौं– केचअप मन पराउने धेरै हुन्छन् । कतिपयलाई त चाउमिन होस् या फ्रेन्चफ्राइज अत्यधिक धेरै केचअप खान मन लाग्दो हो । आजभोलि टोमाटो केचअप खासमा खानाको अहम हिस्सा बनिसकेको छ । विशेषगरि जंक र फास्ट फुडको । तर, हामीमध्ये धेरैलाई ख्याल नहोला, केचअपले हाम्रो स्वास्थ्यलाई निकै ठूलो असर गरिरहेको छ । 

किनकि केचअप बनाउँदा नै यसमा धेरै केमिकल्सहरु हालिएको हुन्छ । यसका कारण मोटोपना बढ्ने समस्या सबैमा देखिन्छ । त्यति मात्र होइन, मधुमेहको समस्या पनि केचअप धेरै खाँदा निम्तिन्छ । 

केचअपमा फ्रुक्टोजको मात्रा पनि बढी हुने भएकाले, जिएमओ कर्न धेरै हुने भएकाले यसले हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव पार्दैन । टोमाटो केचअप बनाउन पहिले गोलभेँडालाई उमालेर त्यसको बिउ र छाला निकालिन्छ । यसलाई फेरि पकाइन्छ । केही घन्टा लाग्ने यो प्रक्रियाका कारण पनि यसमा हुने सबै पोषक तत्व अन्त्य हुन्छ । जसले गर्दा हामीलाई थप बिरामी बनाउँछ । 

टोमाटो केचअपमा न प्रोटिन हुन्छ, न फाइबर नै । त्यसैले पनि यसको सेवन जतिसक्दो कम गर्दा हाम्रो स्वास्थ्यलाई निकै फाइदा हुन्छ । 





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १९:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया