आमिरले आफ्नो सन्न्यासबारे मुख खोले

काठमाडौं— बलिउडका मिस्टर पर्फेक्सनिस्ट हुन्, आमिर खान । उनका फिल्महरु अधिकांशले बलिउडमा चर्चा कमाएका छन्, बक्स अफिसमा हिट भएका छन् । आफ्नो प्रोफेसनल जीवनबारे बारम्बार केही न केही बताउँदै आएका आमिरले यसपटक झन् ठूलो कुरा बताएका छन् । 

यो हो, उनले आफ्नो सन्न्यासबारे बताएको कुरा । केही दिनअघिको एक अन्तर्वार्तामा आमिरले आफूले अभिनयबाट सन्न्यास लिन सक्ने बताएका हुन् । ‘अहिले त म अभिनयमा मात्र ध्यान दिन चाहन्छु,’ उनले भनेका छन्, ‘तर, यसको अर्थ के होइन भने म सधैं अभिनय नै गर्छु, म त अभिनय छोडेको दिन फिल्म निर्माणमा लाग्नेछु ।’ आफूलाई यी दुवै कुरा मन पर्ने भन्दै उनले उनले जुन दिन अभिनय छोड्ने मन हुन्छ, त्यो दिन नै आफू निर्माणमा लाग्ने बताएका छन् । तर, यो पनि उनले पैसा कमाउन नभएर राम्रा फिल्म बनाउन लिएको उद्देश्य हो ।





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १९:२५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया