कांग्रेस शीर्ष नेताको बैठक निष्कर्षविहीन

काठमाडौं— पार्टीमा आन्तरिक मतभेद बढ्दै गएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानिलकण्ठस्थित आफ्नै निवासमा राखेको शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । 

बैठकमा रामचन्द्र पौडेललगायतका पूर्व कार्यसमितिका केन्द्रीय पदाधिकारीहरु सहभागि थिए । सोमबार कांग्रेस केन्द्रीय कार्यासमितिको बैठक बस्दै छ । त्यही बैठकबारे छलफल गर्न देउवाले आफ्नै चाहनामा बैठक बोलाएका थिए । 

बैठकमा अनुशासन समिति बनाउने विषय, पार्टीको आगामि महाधिवेशनबारे छलफल गर्ने भनिए पनि खासै केही छलफल नभएको र कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी एक नेताले फरकधारलाई बताए ।





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १९:४०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया