logo-img

नेप्सेमा ९.२४ अंककाे सुधार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साताकाे चाैथाे दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.२४ अंकले बढेर १९ सय ६७.९७ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९ सय ५८.७२ अंकमा झरेको थियो । 

तथापि, आज नेप्से सूचक बढे पनि कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

अघिल्लो दिन २७ अंकले नेप्से घटेको बजारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज बैंकिङ समूहको उपसूचक झिनो प्रतिशतले घट्न पुगेको छ भने बाँकी १२ वटा उपसूचक धनात्मक भएका छन् । आज सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक १.४२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.३७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ । 



आज मध्ये भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६१ प्रतिशतले घट्न पुगेको छ । 



  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया