भोलि काठमाडौं युथ कनक्लेभ–२०७५ हुने

काठमाडौं– युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा भोलि प्रज्ञा भवन, कमलादी, काठमाडौंमा ‘काठमाडौँ युथ कनक्लेभ–२०७५' हुने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजक कलेजका प्रतिनिधिहरूले पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् ।

युनिभर्सल कलेज, शान्तितगरका प्राचार्य डा.शिवदत्त ज्ञवालीले १०+२ पछि पनि स्वदेशमै उच्च शिक्षा दिन आफूहरू सक्षम रहेको र विश्वस्तरीय प्रतिष्पर्धी शिक्षा प्रदान गर्न सक्षम रहेको सन्देश दिन पनि यो कनक्लेभ आयोजना गर्न लागिएको भन्दै उद्देश्यबारे प्रकाश पारेका थिए । 

उनले भने,‘देशको जनसंख्याको झण्डै ४० प्रतिशत जनसंख्या युवायुवतीहरू भएको समूदायलाई एउटै मञ्चमा ल्याई देशका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त, अनुभवी तथा उल्लेख्य प्रगति गरेका व्यक्तिहरूको ज्ञान, सिप र अनुभव बाँडी यो वर्गलाई चौतर्फी विकासमा योगदान पुर्याउन युवाहरूलाई उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेका छौं ।’ 

डा. ज्ञवालीले देशका शसक्त युवायुवतीहरूलाई विदेश जानुभन्दा यही देशमा सम्भावना खोज्न उत्साहित गरी नेपालमै उच्च शिक्षा प्रदान गरी देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिई स्वरोजगारका अवसरहरू सिर्जना गरी देश सेवामा अभिप्रेरित गर्नपनि यस कार्यक्रमले ठूलो योगदान तथा भूमिका खेल्ने विश्वास दिलाए । उक्त एकदिवसीय कनक्लेभको प्रत्यक्ष प्रशारण न्यूज २४ टेलिभिजनले गर्ने आयोजकले जनाएको छ । 

उक्त कनक्लेभको प्रमुख अतिथि भने सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् प्रतिनिधि सभाका सदस्य योगेश भट्टराई रहेको पनि आयोजकले जनाएको छ । त्यस्तै, कनक्लेभमा नेपालका सफल बैंकर अनिल केशरी शाहले ‘द पावर अफ युथस् ईन नेशन बिल्डिङ’ भन्ने शीर्षकमा आफ्नो लेक्चर दिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीले ‘द फ्युचर अफ ई–कमर्स एण्ड आईटी सेक्टर ईन नेपाल र द जर्नी फ्रम स्र्टाटअप्स टु अन्टरप्रेन्युअर’ शीर्षकमा प्रवचन दिनेछन् । 

त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले ‘नेश्नल युनिटी थ्रु स्पोर्टस्’ शीर्षकमा आफ्नो प्रवचन दिने कार्यक्रम रहेको छ । युट्यवर सिसम बानियाँले ‘प्यासन टु प्रोफेशन : थिङकिङ आउट अफ द बक्स’ शीर्षकमा प्रवचन दिनेछन् । मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले ‘प्रोस्पेरिटी थ्रु प्रमोटिङ टुरिज्म’ शीर्षकमा प्रवचन दिनेछिन् । 



व्यवसायी सौरभ ज्योतिले ‘दि बिजनेश ईनभाईरोमेन्ट ईन नेपाल : च्यालेन्ज एण्ड अपरचुनिटिज र द रोल अफ युथ ईन बिजनेश वल्र्ड’ नामक शीर्षकमा आफ्नो प्रवचन दिनेछन् । त्यस्तै चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीले स्ट्याण्डिङ आउट विथिन मास’ नामक शीर्षकमा प्रवचन दिने आयोजक संस्थामध्येको एक काठमाडौं मोडेल कलेज, बालकुमारीका प्राचार्य सुरेन्द्र सुवेदीले जानकारी दिए । 

सुवेदीले उक्त एक दिवसीय कनक्लेभमा १८–२० वर्ष उमेरसमूहका करिब ३ हजार युवायुवतीहरूको सहभागिता हुने अपेक्षा गरिएको सुनाए । उक्त कनक्लेभ विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रमलाई थप आकर्षक बनाउनको लागि स्वप्न सुमनका सांगितिक प्रस्तुति रहने र कमेडियन सन्दिप क्षेत्रीको प्रहसन, सुशान्त खत्रीको नृत्यलगायतका विभिन्न खानका स्टलहरू, खेलहरू तथा विद्यार्थीहरूको रोचक प्रस्तुतिहरू पनि समावेश गरिएको आयोजकले जनाएको छ । 



उक्त कनक्लेभमा भियानेट, ईसेवा अभियान, नेसल, काठमाण्डु लर्निङ सेन्टर, एनएमबी बैंक, कोकाकोला, अन्नपूर्ण पोष्ट, गोल्डस्टार, टेक्नोभेटिभ सोलुशन्स, सल्लेरी खबर लगायतको सहयोग रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा काठमाडौं मोडेल हाईस्कुल, बागबजारका प्राचार्य डा. नागेन्द्र अर्याल, न्यू समिट कलेजका प्रोगाम डाईरेक्टर चोकराज दवाडी, युनिभर्सल कलेजका प्रोगाम डाईरेक्टर राजु टण्डन, अपोलो ईन्टरनेश्नल कलेजका कोअर्डिनेटर शिशिर ढकालको सहभागिता रहेको थियो ।  

  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार ८:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया