भारतले भारतीय रुपैयाँमा नै आफ्नो तेल किनोस् भन्ने भेनेजुएलाको प्रस्ताव

एजेन्सी– दक्षिण अमेरिकी देश भेनेजुएलाले आफ्नो देशमा उत्पादित तेल भारतले किनोस् भन्ने प्रस्ताव गरेको छ । भारतले यसबारे विचार गरिरहेको जनाएको छ । अमेरिकी प्रतिबन्ध लागेपछि भेनेजुएलामा तेल निर्यात गर्न समस्या भइरहेको छ । त्यसैले भेनेजुएलाले भारतीय रुपैयाँमा नै तेल बेच्ने प्रस्ताव भारतसमक्ष राखेको हो । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकाको चेतावनीलाई स्वीकार गर्दै यस्तो प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा समाचार छ । अमेरिकाले उनको सत्ता हटाउन खेल खेलिरहेको उनले आरोप लगाएका छन् । तर, उनी अहिले नै राष्ट्रपति पदबाट राजिनामा दिने पक्षमा छैनन् । 

गत जनवरीमा मात्र अमेरिकाले भेनेजुएलाका विपक्षी नेता तथा आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ग्वादोलाई राष्ट्रपतिको मान्यता दिएको छ । र, उसले भेनेजुएलामाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी प्रतिबन्धका कारण अहिले मदुरो ठूलो दबाबमा छन् । 

उता, भेनेजुएलाले भारतलाई तेल किनिदिन प्रस्ताव गरेसँगै अमेरिकाले भारतलाई भेनेजुएलाबाट तेल आयात नगर्न राजनीतिक दबाब दिन थालेको छ । अमेरिकाले भारतलाई कि तेल आयात बन्द गर्नु पर्ने कि भुक्तानीका लागि अन्य विकल्पबारे सोच्नु पर्ने बताउँदै आएको छ । 

भारतले आफ्ना कम्पनीहरुलाई अमेरिकामा नै निर्भर हुने भुक्तान प्रणालीबाट बच्न पनि सजग गराएको छ । अहिले भारतमा रिलायन्स इन्डस्ट्रिज र नयारा इनर्जीले भेनेजुएलाबाट प्रत्येक दिन तीन लाख ब्यारेल तेल आयात गरिरहेका छन् ।

अमेरिकी दबाबबाट बच्न भारतले भेनेजुएलालाई रुपैयाँमा नै कारोबार गर्ने प्रस्ताव गरेको छ । इरानसँग पनि रुपैयाँमा नै कारोबार गरेर भारतले तेल किन्दै आएको छ । इरानमा पनि अमेरिकी प्रतिबन्ध छ । 





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार ८:५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया