२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

सिंह, श्रेष्ठ र नायकलाई जनही एक लाखको पुरस्कार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सामाजिक संस्था ‘वंश–रत्न मेमोरियल ट्रष्ट’ले आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर तीन जनालाई एक–एक लाख राशिको ‘मानववादी पुरस्कार’ प्रदान गरेको छ ।


संस्थाले कोभिड–१९ का कारण स्थागन भएका समेत गरी विसं २०७८, २०७९ र २०८० सालका पुरस्कार क्रमशः वामपन्थी नेता मोहनविक्रम सिंह, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र भारतीय वैज्ञानिक नरेन्द्र नायकलाई प्रदान गरेको हो ।



वरिष्ठ पत्रकार भैरव रिसालले ती सम्मान प्रदान गर्दै जात, धर्म, वर्ण, लिंगभन्दा माथि उठेर मानव जातिको उत्थानमा लाग्नु नै मानववाद भएको बताए । 

समाजसेवी बालकृष्ण श्रेष्ठ ‘नेभा’ले चार वर्षअघि आफ्ना बुबा–आमाको सम्झनामा उक्त संस्था स्थापना गरेका हुन् । 





  • प्रकाशित मिति : २० असोज, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया