नागढुंगा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।
सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरि नगरपालिका एक बस्नेत छाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो ।
स्थानीय प्रकाश रेग्मीले सो स्थानमा घर भएको भए दुईतला भासिने थियो भन्दै सुरुङ मार्ग आसपासका अन्य क्षेत्रमा समेत त्रास बढेको बताए ।
‘आस पासमा जमिन भासिन थालेपछि हामी त्रास छौँ । यदि सडक वा घर हुन्थ्यो भने ठूलो क्षति हुन्थ्यो,’ उनले भने । जमिन भासिएपछि त्यसबारे छलफल गर्न अब स्थानीय अगुवाहरूको बैठक बस्ने तयारी भएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।