भन्सार छली गरी ल्याएको तीन लाख बराबरको समान प्रहरीले बरामद गरेको छ ।
धनुषा जिल्ला अन्तर्गत बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको विभिन्न किसिमको बच्चाले खेल्ने खेलौनाहरू, किराना सामानहरू, लेडिज चप्पलहरू र ओसारपसारमा संलग्न मो .सा. ३ वटा गरी ३,४४,१७९ बराबरको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी इनरुवा र प्रहरी चौकी माचि धनुषाबाट खटिएको टोलीले आइतबार गस्ती गर्दै जाने क्रममा सामानहरू बरामद गरेका हुन् । आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।