२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

दुर्गा प्रसाईंले प्रहरीमा उजुरी नदिने, युवासंघसँग पालाको पैँचो लिने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सोमबार कान्तिपथमा अज्ञात व्यक्तिहरुबाट कालोमोसो आक्रमणमा परेका व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रमण गराएको दाबी गरेका छन् । 


एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा युवा संघका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको उनको दाबी छ । आफूले सबैलाई चिन्ने दाबी गर्दै उनले भने, ‘मसितै हिँडेका केटा त हुन् नि एमालेका । प्रहरीले उजुरी दिन भनेको थियो, तर मैले दिइनँ ।’



घटनापछि सोमबारै प्रसाईंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओली र एमालेलाई ‘धन्यवाद’ दिएका छन् । उनले लेखेका छन्, ‘हजुरबा केपी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ । तपाईंहरुले दिनुभएको पैँचो नेपाली जनताले छिट्टै फिर्ता गर्नेछ ।’



प्रसाईंले ‘कुख्यात राष्ट्रघाती, अपराधी र तस्करहरुको फोटो सार्वजनिक गर्ने’ भन्दै आज कान्तिपथको होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रममा उनले  भ्रष्टाचारी र तस्कर भन्दै देशका केही व्यवसायीको तस्बिर सार्वजनिक गरेका थिए । 

कार्यक्रम सकेर गाडीभित्र चढिसकेका उनले सबैसँग विदाइ अभिवादन गरिरहेको बेला उनीमाथि प्लाष्टिकको लोला प्रहार भयो । लोलाभित्रको कालोमोसोले प्रसाईं शरीर निथ्रुक्कै भिजका थिए । 

सो घटनामा प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । प्रहरीले उजुरी गर्न आग्रह गर्दा उनले इन्कार गरेका थिए ।



  • प्रकाशित मिति : २२ असोज, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया