परवेज मुसर्रफलाई दुर्लभ बिरामी, भर्ना भए अस्पताल

एजेन्सी— पाकिस्तानका पूर्व सैन्य शासक परवेज मुसर्रफलाई एक दुर्लभ बिरामी भएको छ । उनलाई उपचारका लागि दुबईको अस्पताल लगिएको छ । यो बिमारीका कारण उनको नशाहरुमा समस्या देखिएको छ । उनको पार्टीले यो जानकारी दिएको हो । 

जनरल परवेज मुसर्रफ २०१६ देखि नै दुबईमा छन् । उनीविरुद्ध सन् २००७ मा संविधान निलम्बित गरेको भन्दै देशद्रोहको मुद्दा लगाइएको छ । यसको सुनुवाइ २०१४ सालदेखि सुरु भएको थियो । उनी दोषी प्रमाणित भए उनलाई मृत्युदण्डसम्मको सजाय हुन्छ । उनी उपचारका लागि दुबई गरेका थिए र त्यसपछि पाकिस्तान फर्किएका छैनन् । 

उनको स्वास्थ्य अवस्था अचानक कमजोर भएपछि उनलाई शनिबार राती अस्पताल भर्ना गरिएको थियो । उनको पार्टीका एक सदस्यले पाकिस्तानी मिडिया डन न्युजलाई बताएअनुसार परवेजलाई एमिलायडोसिस नामको दुर्लभ बिमारी भएको हो । 

मुसर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा सत्ता आफ्नो हातमा लिएर नेतृत्व गरेका थिए ।





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार १६:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया